पाँचथरमा पहिरोले घर पुरियो, आमा छोरीको मृत्यु

पाँचथरमा पहिरोले घर पुरियो, आमा छोरीको मृत्यु
फाइल तस्बिर।

फिदिम : लगातारको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका आमा छोरीको ज्यान गएको छ । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानी स्थित आदिवासी जनजातिको भवन छेउको घरमा गएराति पहिरोले खस्दा  २४ वर्षीया  सपना  शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबैजानाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ। उनीहरू फिदिम-४ मा डेरामा बस्दै आएका थिए । 

साथीको घरमा सुत्न आएका बखत उनीहरूलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोले आदीवासी जनजाती महासंघ पाँचथरको भवन पनि पुरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.