पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
चौतारा : सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। गएराति आएको पहिरोले पुरिएर वडा-३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए।
घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामालेबताए। अविरल वर्षाका कारण अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको छ।