काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द, माइतिघर जलमग्न

काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द, माइतिघर जलमग्न

काठमाडौं: बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लिन थालेको छ। माइतिघर मण्डलाको बाटो र न्युप्लाजा अगाडिको बाटोसमेत अवरोध भएको छ।  

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको जानकारी दिए । 

यसैगरी काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सुकुम्बासी एरियामा अविरल बर्षाका कारण बागमती नदीमा पानीको बहाब निरन्तर बढि रहेको छ। पानीको बहाबले सुकुमबासी एरियामा रहेका १४१ घरधुरी डुबाएको छ। थापाथली देखि रोज बट स्कूलसम्म पूर्वरूपमा  बाटो अवरोध भएको छ। प्रहरीले ४ वटा बच्चा र १ जना वृद्धसहित ५ जनालाई उद्धार गरी गरेको छ।

यसैगरी कलंकी, कपन क्षेत्रपनि डुबानमा परेको छ। काठमाडौंको नागार्जुन नगरपालिका- ८ नर्सरी धारानजिक सडकखण्ड, तार्केरश्वर नगरपालिका कार्यालय अगाडि धर्मस्थलीबाट तारकेश्‍वर नगरपालिका-३ तिनपिप्ले जाने बाटोमाथिबाट पहिरो गई बाटो अवरुद्ध भएको छ।

 जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ । आज देशभर बर्षा भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.