वर्षाले भासियो राप्ती लोकमार्ग, आवागमन बन्द
दाङ : अविरल वर्षाले राप्ती राजमार्ग भासिएको छ। सडक भासिएर राजमार्ग भत्किँदा राप्ती राजमार्गमा आवागमन बन्द भएको छ । दाङ-सल्यान सडकखण्डको राम्रीमा १४ मिटर सडक भासिएर पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका निमित्त प्रमुख प्रकाश थापाले जानकारी दिए ।
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम जोड्ने सडक राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा अविरल बर्षातका कारण भासिएको हो । अब सडक पुर्णरुपमा सुचारु हुन ४/५ दिन लाग्ने हुँदा यो सडकखण्ड पूर्णरूपमा ठप्प रहने र साना सवारीसाधनले भने वैकल्पिक बाटो प्रयोग गर्न सक्ने अवस्था रहेको प्रहरीले बताएको छ ।