बाढी-पहिरोमा परेर काभ्रेमा ५ जनाको मृत्यु, १४ जना बेपत्ता

बाढी-पहिरोमा परेर काभ्रेमा ५ जनाको मृत्यु, १४ जना बेपत्ता

अरनिको राजमार्ग र बिपी राजमार्गको सडक आवागमन बन्द रहेको छ।

काभ्रे : काभ्रेमा विभिन्न स्थानमा गएको बाढी पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ। गएरातिबाट आएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु र १४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार तिमालमा २ जना, बेथानचोक र पनौतीमा १/१ जनाको मृत्यु भएको हो।

यसैगरी बनेपा, पनौती, तेमालबाट १४ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको प्रहरीको भनाई छ। हाल अरनिको राजमार्ग र बिपी राजमार्गको सडक आवागमन बन्द भएको छ। बनेपा, धुलिखेल र पनौतिका बस्तीसमेत डुबानमा परेका छन्।

थप विवरण आउँन बाँकी रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.