पहिरोले भेडेटार–रवि–राँके र तमोर करिडोर सडकखण्ड अवरुद्ध, अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न अपिल

पहिरोले भेडेटार–रवि–राँके र तमोर करिडोर सडकखण्ड अवरुद्ध, अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न अपिल
भेडेटार रवि राँके सडकमा अविरल वर्षाले झरेको पहिरो स्काभेटरले पन्छाउँदै।

धनकुटा : केही दिनयताको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध बनाएको छ। भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोर सडक खण्डको विभिन्न स्थानमा पहिरो झर्दा बाटो अवरुद्ध बनाएको छ। यी दुवै सडक निर्माणाधीन अवस्थामा छन्। पहिरो खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाले अवरोध बनाएको छ।    

अरुण र तमोर नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दालाई बाढीको त्रास बढेको छ। मुलघाट हुँदै पाँचथर, ताप्लेजुङ जाने तमोर कोरिडोर सडक खण्डमा पर्ने  नावा खोला, छरुवा लगाययत खोलामा बाढी आउँदा सवारी साधन आवजावतमा समस्या परेको छ। निर्माण कम्पनीको क्रसर बगाएको छ। त्यस्तै लेउती खोलामा लेदोसहित आएको बाढीले धरान–धनकुटा सडक खण्डको लेउती खोलाको किनारमा सञ्चालित होटल तथा स्थानीयको घरमा समेत जोखिएको बनाएको छ। तमोर नदीमा पानीको बहाव बढ्दा मुलघाटस्थित विश्रान्ती मन्दिरको तत्लो क्षेत्रमा भवनमा पानी जमेको छ। 

यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अत्यावश्यक कामबाहेक सवारी साधनमा यात्रा नगर्न सार्वजनिक अपिल गरेका छन्। निरन्तर वर्षाले विभिन्न स्थानका सडक अवरुद्ध बनाएकोले मानवीय जोखिम हुने भन्दै प्रजिअ पौडेलले घरमै सुरक्षित रुपमा बस्न जिल्लाबासीलाई अपिल गरेका हुन्। 

उनले पछिल्लो विपद्लाई मध्यनजर गर्दै सुरक्षा निकायलाई खोज तथा उद्धारका लागि तैनाथ गरिएको बताए। ‘जिल्लाको कतै पनि विपद्वाट मानवीय क्षति हुन नदिन सावधानी अपनाएका छौं’, उनले भने, ‘सुरक्षा निकायसहित विद्युत, वन, रेडक्रससँग निरन्तर समन्वय गरिरहेको छु।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.