ललितपुरमा पहिरोले पुरिएर चार जनाको मृत्यु
काठमाडौं : ललितपुरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ। ललितपुरको टाहाखेलमा २ जना र गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको हो।
टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र ८ वर्षीया बालिकाको मृत्यु भएको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपाने जानकारी दिए । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ।
यसैगरी महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए। उनका अनुसार घरमा रहेका पाँच जना सम्पर्क बिहीन भएका छन्।