काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको उद्धार

काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको उद्धार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकाबाट साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिए।

 ‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।’ गृहमन्त्री लेखकले भने,‘मुलुकमा ठूलो विपद्को स्थिति आएको छ।’null

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।

वर्षाका कारण काठमाडौं सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।  ‘विपदबाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ।’ उनले भने, ‘ बाढी, पहिरो लगायत विप्द सम्बन्धी पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ।’null

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने बताए। ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्धारमा समेत समस्या भने।’ उनले भने, ‘ स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.