सिन्धुली : रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएको छ। शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ ।
बाढीले मन्थली, रामेछापतर्फको एउटा स्पान बगाएको छ। पुल बगाएपछि रामेछाप, ओखलढुंगा, सोलुखुम्बुसँगको सम्पर्क टुट्ने भएको छ। यसले गर्दा राजधानी आउने यात्रु मारमा पर्ने भएका छन्।
अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र जोखिममा परेका छन् । यसैगरी सिन्धुलीको खुर्कोट बजार र मुलकोट बजारमा पनि बाढी पसेको छ।
यता रामेछापको मन्थली एयरपोर्टमा पनि तामाकोशी नदीबाट बाढी पस्न थालेको छ।