न्यायको खोजीमा सहिद गाउँ

न्यायको खोजीमा सहिद गाउँ

काठमाडौं : पूर्व–पश्चिम राजमार्गस्थित महोत्तरीको बर्दिबास चोकभन्दा ५ किलोमिटर दक्षिण लागेपछि पुगिन्छ हात्तीलेट। बर्दिबास–औरही–रामगोपालपुर–जलेश्वर सडकखण्डले सहिदभूमि हात्तीलेटलाई बीचबाट चिरेर गएको छ। जहाँका बासिन्दाका लागि प्रत्येक वर्षको असोज ६ विशेष दिन हुन्छ। गाउँवासी भेला हुन्छन्। शाही सत्ताविरुद्ध गरेको संघर्षको सम्झना गर्छन्। वीर सहिद कृष्णबहादुर रानाको बलिदानको चर्चा गर्छन्। २०३० सालमा निरंकुश शाहवंशी सत्ताविरुद्ध हात्तीलेटवासीले क्रान्तिको आगो बालेका थिए। त्यसैक्रममा रानाले ज्यानको आहुति दिएका थिए।

बर्दिबास नगरपालिका–८ नम्बर वडामा पर्ने हात्तीलेटका बासिन्दाले विगतमा राजनीतिक परिवर्तनका लागि रानाजस्ता अन्य वीर सपूत पनि गुमाए। यही माटोबाट हुर्किएकी क्रान्तिकारी नेता भगवती स्याङ्तान माओवादीको सशस्त्र संघर्षमा सहिद भएका थिए। स्याङ्तानपछि २०७२ सालको मधेस आन्दोलनमा हात्तीलेटकी रामशिला मण्डलले जलेश्वरमा प्राणको आहुति दिइन्। जुन तन्त्रका लागि उनीहरूले लडे त्यही लोकतन्त्र र गणतन्त्रमा हात्तीलेटका क्रान्तिकारी जनताहरू उपेक्षामा परिरहेका छन्। ऊबेला साहित्यकार पारिजात पनि हात्तीलेट जान्थिन्। महिला संगठन बनाउँथिन्। साहित्य सिर्जना गरेर फर्किन्थिन्। सहिदको भूमि हात्तीलेटले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन धेरै कठोर संघर्षहरू गरे। तर, यहाँ नागरिकले विकासको स्वाद चाख्न पाएका छैनन्। यहाँका सामुदायिक विद्यालयका बालबालिका स्कुल डे«सबाट समेत वञ्चित छन्। विकास, न्याय र समानताको अनुभूति यहाँका बासिन्दाहरूले गर्न नपाएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पीताम्बर महतोले बताए। ‘हात्तीलेटवासीले शुद्ध खानेपानी पनि पाउन सकेको छैन। खोला तर्ने पुल नहुँदा बर्खेभेलमा बगेर ज्यान गुमाउनु परेको छ’, उनी भन्छन्, ‘यहाँका किसानको मुख्य आयको स्रोत उखु खेती हो। सिँचाइको अभावमा हिउँदमा उखु सुक्छ। उब्जाएको उखु मिलमा दिँदा किसानले पसिनाको मूल्य पाउँदैनन्।’ जंगली जनावरले बाली खाएर हैरान बनाएको पीडालाई सरकारले नबुझेको उनी सुनाउँछन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘हात्तीलेट साँच्चै सहिदको भूमि हो, वीरहरूको रगतले सिञ्चित माटो हो।’ जहाँ अहिले संघीय लोकतान्त्रिक गणतन्त्रिक सत्ताको अभ्यास भइरहेको छ। जहाँ गाउँपच्छिे क्रान्तिकारी चेत भएका असंख्यक नेताहरू छन्। तर, विकासको मामलामा सधैं पछाडि छ हात्तीलेट गाउँ।

उपमहासचिव पोखरेल थप्छन्, ‘बदलिएको विश्व व्यवस्था, बदलिएको क्षेत्रीय राजनीति र बदलिएको नेपालको समकालीन राजनीतिलाई दृष्टिगत गरेर अब हात्तीलेटले सहिद प्रतिष्ठान बनाएर नयाँ ढंगले काम गर्नुपर्छ।’

२०३० को दशकमा निरंकुशता विरोधी आन्दोलनमा हात्तीलेट गाउँ जागृत भएको थियो। धनुषाको ढल्केवरका कम्युनिस्ट नेता रामकुमार महतोले ‘भूमिगत डाक्टर’ पुस्तकमा हात्तीलेट गाउँको क्रान्तिकारी चेतबारे गहिरो वर्णन गरेका छन्। त्यहाँँ भनिएको छ, ‘निरकुंश शाही सत्ता ढाल्न हात्तीलेटका बासिन्दाहरूले नेताहरूलाई सेल्टर दिएका थिए। यही गाउँमा थुप्रै आन्दोलनको योजना बुनिएको थियो।’ 

माओवादी केन्द्रका उपमहासचिव पोखरेलका अनुसार हात्तीलेट गाउँबाट हजारौं किसान तथा मजदुरहरू २०३६ साल भदौ २४ गते जनकपुरस्थित १२ बिघामा जनमत संग्रहको पूर्वाधार निर्माण गर्न पैदलयात्रामा सामेल भएका थिए। त्यो प्रदर्शनमा निर्मल लामा, जयगोविन्द साहहरूको जबरजस्त प्रभाव थियो। जहाँ जनकपुर, सगरमाथा क्षेत्रका बासिन्दाको जनसागर नै ओर्लेको थियो। 

यसै भिडलाई दबाउनमा लागि तत्कालीन शाही सत्ताले हात्तीलेट गाउँमा अपरेसनको फायर खोलेका थिए। ‘त्यो बेला क्रान्तिकारी चेतलाई रोक्न, नेताहरूलाई पक्रन र जनतालाई दमन गर्न २०३६ साल असोजको पहिलो हप्तामा सेनाले अपरेसन प्रारम्भ ग¥यो’, नेता पोखरेल भन्छन्, ‘त्यही क्रममा आएका सैनिकहरूको अप्रेसनको प्रतिरोध गर्न र आफ्ना नेताहरूलाई छुटाउन तत्कालीन चौथो महाधिवेशनको निर्णय कार्यान्वयन गर्न जाँदा कृष्णबहादुर रानामगर सहिद हुनुभयो।’ त्यो संघर्षको शहादतलाई हात्तीलेटवासीले प्रत्येक वर्ष असोज ६ गते  सम्झन्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.