मुक्तिनाथ र कोरला सडक अवरुद्ध, म्याग्दी खण्ड खुल्यो

मुक्तिनाथ र कोरला सडक अवरुद्ध, म्याग्दी खण्ड खुल्यो

जोमसोम : शुक्रबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण मुक्तिनाथ र कोरला सडक अवरुद्ध बनेको छ। वर्षाका कारण सडक माथिबाट पहिरो खस्ने र सडक भासिने समस्याका कारण मुक्तिनाथ सडक र कोरला सडक अवरुद्ध बनेको बताइएको छ। 

मुस्ताङका सहायक प्रजिअ रामप्रसाद सुवेदीका अनुसार कोरला नाका जोड्ने स्याङ्चेमा र कागखोलामा वर्षाले सडक क्षति बनाएको जानकारी दिए। ‘स्याङ्वचेमा पहिरो खसेर सडक अवरुद्ध छ, कागखोलामा पुल छैन, खोलो उच्च छ, सहायक प्रजिअ सुवेदीले भने, मुक्तिनाथ जाने कागबेनीदेखि माथिको स्थानमा वर्षाले सडक क्षति पुर्‍याएको छ।’

मुस्ताङका कतिपय स्थानमा वर्षाले सडक क्षति भएको सहायक प्रजिअ सुवेदीको भनाइ छ। निरन्तरको वर्षाले कालीगण्डकी बहाव उच्च भएको र तटीय क्षेत्रका बस्तीलाई सावधानी अपनाउन अनुरोध गरिएको सहायक प्रजिअ सुवेदीले बताए।

अविरल वर्षाका कारण मुक्तिनाथ दर्शन गर्ने र कागबेनी श्राद्ध गर्न आउने भक्तजनका साथै विदेशी पर्यटक समेत समस्यामा परेका छन्। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा बिहीबारदेखि अवरुद्ध बनेको छ। पर्यटक अनुकूल समयका साथै दसैं तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा अविरल वर्षाले मुस्ताङको पर्यटन प्रभावित बनेको होटल मेजस्टिका सञ्चालक निसान तुलाचनको भनाइ छ। 

वर्षाले मुस्ताङबाट स्याउ ढुवानी गरी बजार पुर्याउन अप्ठ्यारो परेको बताइन्छ। मुस्ताङ प्रशासनले पूर्ण रूपमा अविरल वर्षा नरोकिएसम्म मुस्ताङ भ्रमण नगर्न अपिल गरेको छ। अविरल वर्षाले अवरुद्ध बनेको बेनी जोमसोम सडक शनिबार दिउँसोबाट सुचारु भएको बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

शुक्रबारको अविरल वर्षाका कारण बेनी जोमसोम ७४ किमि सडक खण्ड अन्तर्गत सिरुबारी, कुनौटे, भिरकाटे, नौनी बगर र सुके बगर गरी ५ स्थानमा सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडकमा निर्माण कम्पनीको डोजर र स्काभेटर लगायतका उपकरण परिचालन गरि सडक खुलाइएको सुपरभाइजर शेरचनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.