प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार गम्भीर भएर लागेको छ :  गृहमन्त्री लेखक

प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार गम्भीर भएर लागेको छ :  गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताए।

शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए। 

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको बताए। उनले वर्षाका कारण काठमाडौं भित्रिने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुनःस्थापनाका लागि सरकारले पहल गर्ने बताए। त्यस्तै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.