बाढीपहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

बाढीपहिरोका कारण  देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं : दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाको मृत्यु भएको छ। 

नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको उनको भनाइ छ। 

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.