लुम्बिनी प्रदेशका दर्जन बढी सडक अवरुद्ध

लुम्बिनी प्रदेशका दर्जन बढी सडक अवरुद्ध
फाइल तस्बिर

दाङ : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने एक दर्जन सडक अवरुद्ध भएका छन्। सडकमा पहिरो र भासिएका कारण अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। 

अवरुद्ध सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरू परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। 

दाङ-सल्यान राप्ती राजमार्ग भासिएको छ। तुलसीपुर ३ राम्रीमा सडक भासिएको छ। १४ मिटरभन्दा बढी सडक भासिएको र पहिरो जाँदा सडक अवरुद्ध छ। घोराही लमही-सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ।

प्यूठान-भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका-१ गर्जेनीस्थित सिमलचौर, सरुमारानी गाउँपालिका-४ पाखुरी खोलामा पहिरो झरेको छ। नौवहीनी गाउँपालिका-७ कालिमाटीस्थित मैरामारे देखी बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ। 

अर्घाखाँची स्थित पाणेनी गाउँपालिका-२ सालझण्डी ढोरपाटन सडक, गोरुसिंगे-सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ। रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ। पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ।

सन्धिखर्क-११ धारामाथि बस्ने जुद्ध बहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिकएको छ। शितगंगा नगरपालिका-७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको २ तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षति पुगेको छ। आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.