काठमाडौंमा ११ जनाको मृत्यु, १३४० घर डुबानमा

काठमाडौंमा ११ जनाको मृत्यु, १३४० घर डुबानमा

काठमाडौं : काठमाडौं उपत्यकामा बाढीका कारण ११ जनाको मृत्यु भएको छ। एक जना भने बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै प्रहरीले ११६० जनाको उद्धार गरेको छ भने १३४० घर डुबानमा परेका छन्। शनिबार साँझ ५ बजेको अपडेटअनुसार सबैभन्दा धेरै बल्खु-कालीमाटी क्षेत्रबाट ७११ जनाको उद्धार गरिएको छ।

त्यस्तै बानेश्वर-शंखमुल-दोभान क्षेत्रबाट ५ जना, कीर्तिपुर क्षेत्रबाट १५१ जना, थानकोट-नागढूंगा र सुरुङ मार्ग क्षेत्रबाट १५२, स्वयम्भु  ङचाङ्गुनारायण  क्षेत्रबाट ३ जना, बालमन्दिर क्षेत्रबाट ११० जना, बालकुमारी र झोलुङ्गे पुल नजिकबाट २८ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार ७४ पशुचौपायलाई पनि क्षति पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.