सप्तकोशीमा ५६ वर्षयताकै उच्च बहाब, सवारीसाधन सञ्चालनमा रोक

सप्तकोशीमा ५६ वर्षयताकै उच्च बहाब, सवारीसाधन सञ्चालनमा रोक

धरान : सप्तकोशी नदीमा ५६ वर्षयताकै पानीको बहाब उच्च रहेको छ। सन् १९६८ मा सप्तकोशी नदीमा पानीको बहाब प्रतिसेकेन्ड ७ लाख ७७ हजार २ सय क्युसेक पुगेको थियो। शनिबर ५६ वर्षपछि बहाब प्रतिसेकेन्ड ५ लाख ५७ हजार ३० क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले बताए।

लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढेको उनको भनाइ छ। सप्तकोशीमा पानीको बहाब १८ नम्बर ढोकाको पुलमाथिबाट बग्न थालेको थियो। पानीको बहाबले सतह पार गरेपछि कोशी ब्यारेजमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको डीएसपी भन्डारीले बताए। कोशी ब्यारेजमा पानीको सतहले सीमा नाघेपछि भारतीय दूतावासको निर्देशनमा कोशी ब्यारेजमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो। 

सप्तकोशीमा पानीको बहाब प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तशीमा पानीको बहाबले सतह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। उच्च सतर्कता अपनाउँदै यातायातका साधन बन्द गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। 

बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए। उनले सप्तकोशी आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरि जनताको ज्युधनको सुरक्षा गर्न टोली परिचालन गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.