फोक्सीनटारको पक्कीपुल सुनकोशीले बगायो

फोक्सीनटारको पक्कीपुल सुनकोशीले बगायो

उदयपुर : उदयपुर र खोटाङ जिल्लालाई जोड्ने फोक्सीनटारको पक्की पुल सुनकोशी नदीले बगाएको छ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत गाईघाट-दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुलको आर्क नै कोशीको बाढीले बगाएको हो।

लगातारको वर्षाले सुनकोशीमा पानीको बहाब बढेपछि पुलको बीचको भाग सबै बगाएको गाईघाट-दिक्तेल सडक आयोजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। दिउँसो ३:३० बजे नदीले पुल बगाएको बताए। सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल १० वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो।
स्थानीयका अनुसार एक सय बीस मिटर लम्बाई रहेको पुलको एक सय मिटर भाग बगाइसकेको छ। खोटाङ सदरमुकाम दिक्तेल र पूर्वी भागका सर्वसाधरणलाई संघीय र प्रदेश राजधानीलाई जोड्ने गरी दुई वर्ष अघि निर्माण सम्पन्न भएको पुल शनिबार दिउँसो सुनकोशीले बगाएको हो। 

पुल बगाएपछि उदयपुर र खोटाङ यातायात सिधा सम्पर्क टुटेको छ भने स्थानीय प्रशासनले पैदलयात्रीलाई समेत रोक लगाएको छ। दश वर्षअघि सुरु गरिएको मोटरेबल पक्की पुल दुई वर्षअघि मात्र सम्पन्न भएको थियो। 

२२ करोड ६७ लाख ११ हजारमा निर्माण भएको पुल २०७५ चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ चैत ३० गते सम्झौता भएको थियो। पछिल्लो समय स्थानीयबासीको खबरदारी र जनप्रतिनिधिको दबापछि पुल निर्माण कम्पनी गौरी पार्वती र वाइपी जेबील चौथोपटक म्याद थप गरी पुल निर्माण कार्य सुरु गरेको थियो। 

खोटाङ-काठमाडौं सिधा यातायात सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त पुल उदयपुरतर्फ रौतामाई गाउँपालिका-५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका-९ को बीचमा पर्छ। पुलमा नदीको दुवैतर्फ साढे ६ मिटर गहिरो फाउन्डेसनसहित २० मिटर अग्लो पिलर र १ सय २० मिटर लामो रहेको छ। यसैaLच निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीले उदयपुरको घुर्मी बजार र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुलसमेत जोखिममा परेको छ। सुनकोशीको पानी अहिले उक्त पुलको माथिबाट बगिरहेको जनाइएको छ। घुर्मी पुल दुई दशक लगाएर निर्माण सम्पन्न भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.