पहिरोले देउरालीको बस्ती जोखिममा

पहिरोले देउरालीको बस्ती जोखिममा

तानसेन : अविरल वर्षाको कारण तानसेन नगरपालिका-५, कैलाशनगर देउराली बस्ती जोखिममा परेको छ। १५ घरबस्ती पहिरोले बगाउने जोखिम बढेको छ। 

बस्तीको मुनीबाटै लेदो सहितको पहिरो झरेको छ। पहिरोसँगै पानीको मूल बगेकोले झनै जोखिम बढाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिहरू बस्ती क्षेत्रमा पुगेर पहिरो क्षेत्रमा त्रिपाल ढाकेर रोक्ने प्रयास गरे पनि जोखिम कम नभएकोले १५ घरका मानिसहरू यत्रतत्र सरेका छन्। 

बस्ती जुनसुकै बेला पनि बग्न सक्ने अवस्था रहेकोले घरमा रहेका सबै सरसमान सहित मानिसहरू घर छोडी छिमेकीहरूको शरणमा पुगेका छन्। पहिरो पीडितलाई तानसेन नगरपालिकाले जनप्रतिनिधिमार्फत त्रिपाल व्यवस्थापन गरेको छ। सिद्धार्थ राजमार्गको बर्तुङ लामडाडा क्षेत्रमा पनि सडक विस्तारको क्रममा सडक माथीका घरहरू पहिरोको जोखिममा परेका छन्। 

बाढीले माडी फाँट डुबानमा 

पाँचवटा पालिकाको पानी पाल्पाको अन्न भण्डार माडी फाँट एकत्रित हुँदा अधिकांश क्षेत्र डुबानमा परेको छ। अविरल वर्षाको कारण पानी निकास नुहुँदा माडी फाँट डुबानमा परेको हो। डुबानबाट सयौं हेक्टरमा लगाएको धानी खेतीमा नोक्सानी पुगेको छ। 

विद्युत सेवा अवरुद्ध 

पाल्पामा शुक्रवार दिउँसोदेखि अवरुद्ध भएको विद्युत सेवा नियमित रूपमा सुचारु हुन सकेको छैन। बुटवलबाट आउने ३३ केभीको प्रसारण लाइन पाल्पाको बसन्तपुर झुम्सा क्षेत्रमा समस्या आएकोले मर्मतको लागी कठिनाइ भएको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ। 

बसन्तपुर क्षेत्रमा मर्मतका लागि ३ घण्टा उकालो हिँडेर जानुपर्ने अवस्थाको कारण काम गर्न कठिनाइ भएको पाल्पा वितरण केन्द्रले जनाएको छ। पाल्पा वितरण केन्द्रले बुटवल क्षेत्रको प्रसारण लाइन सुचारु नहुँदासम्मका लागि गुल्मी क्षेत्रको लाइन वितरणको लागी प्रयास गरिरहेको जनाएको छ। 

तानसेन राम्दी सडक अवरुद्ध

सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको अगाँहाखोला क्षेत्रमा खसेको ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको छ। पहिरोबाट २० घरमा लेदो पसेको छ। पहिरोले २० घर जोखिममा परेका छन्। 

माथिबाट झरेको पहिरोले एक सवारी साधनको एक भाग पुरिएको अवस्थामा रहेको छ। सडक डिभिजन कार्यालय पाल्पाले लोडर स्काभेटरको प्रयोग गरी पहिरो पन्छाउने काममा लागेको जनाएको छ। 

पाल्पा बुटवल र पाल्पा रिडी सडक सुचारु 

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक केराबारी क्षेत्रमा शुक्रबार झरेको पहिरो शनिबार हटाएपछि यातायात सुचारु भएको छ भने तानसेन रिडी सडकतर्फ सम्मोबारी ढुंगाखानी क्षेत्रमा खसेको पहिरो हार्थोक मालमुङ लघुवा जोर्ते क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.