धादिङमा पहिरोमा पुरिएको बसबाट १४ जनाको शव निकालियो
काठमाडौं : धादिङको झ्याप्लेमा पहिरो आउँदा १४ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका दुई माइक्रोबसबाट १४ जनाको शव निकालिएको हो।
प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले दुई यात्रुवाहक सवारीसाधानबाट १४ जनाको शव निकालिएको जानकारी दिएका छन्। उनका अनुसार लु१ज ४५७८ नम्मरको माइक्रो बसबाट ५ जना र नम्बर नखुलेको बसबाट ९ जनाको शव निकालिएको हो।
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।