सर्लाहीका बस्तीमा पस्न थाल्यो बाढी

सर्लाहीका बस्तीमा पस्न थाल्यो बाढी

मलंगवा : वर्षाका कारण सर्लाहीका ५ वटा स्थानीय तहका केही वडाहरूमा नदीको पानी पस्न थालेको छ।

बागमती नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बलरा नगरपालिका, बरहथवा नगरपालिका, रामनगर गाउँपालिका र बसबरिया गाउँपालिका वडाहरूमा पानी पस्न थालेको छ। त्यसैगरी झिमखोलामा आएको बाढी ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर पानी पस्न थालेको छ।

बलर नगरपालिकाको वडा नं. १ छन्की टोल, वडा नं. २ हथिऔल र वडा नं. ३ र ९ का केही घरमा पानी पसेको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले बताए। करिब सय घरमा पानी पसेको कुशवाहाले बताए। 

बसबरिया गाउँपालिकाको वडा नं. १ र २ मानपुरमा पनि बागमती नदीको पानी पसेको छ। बरहथवा नगरपालिकाको वडा नं १५ मा बाँध कटान गरी पानी बस्तीमा पसेको स्थानीयवासीले बताएका छन्। बागमती नदीको बाँध माथिबाट पानी बस्ती तिर पस्न थालेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए। 

झिमखोलामा आएको बाढी साँझ पख ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरमा पसेको प्रजिअ अधिकारीले बताए।  बसबरियाको १० जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको अधिकारीले बताए। बाढीले गर्दा जिल्लामा कुनै मानवीय क्षति अहिले सम्म नभएको र केही घरहरूमा पानी पसेको अधिकारीले बताए।

अहिलेसम्म ठूलो क्षति नभएको र राति पानी परेर नदीमा पानीको बहाव बढी भयो भने ठूलो क्षति हुन सक्ने सम्भावना रहेको प्रजिअ अधिकारीको भनाइ छ। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा बचाउका लागि तयारी अवस्थामा रहेको अधिकारीले बताए। बाढीले गर्दा जिल्लाका केही ग्रामीण क्षेत्रका बाटोहरू अवरुद्ध समेत बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.