सप्तकोशीले उदयपुरतर्फको बाँध भत्कायो

सप्तकोशीले उदयपुरतर्फको बाँध भत्कायो

उदयपुर : उदयपुर र सुनसरीको सिमानाबाट बग्ने सप्तकोसी नदीले उदयपुर खण्ड कटान गर्न सुरु गरेको छ। तीन दिनदेखि परेको नरोकिएपछि नदीले उदयपुरको बेलका नगरपालिका-८ सोमबारेबाट कटान सुरु गरेको हो।

 
दैनिकजसो पानीको बहाव बढेपछि नदीले सोमबारे नजिकको शिशौलीघाटको करिब २५ मिटर बाँध कटान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहरनाथ योगीले बताए। नदी कटानले करिब बीस घरमा क्षति पुग्ने देखिएको उनले बताए। 

उनले भने, ‘नदी बस्तीमा पस्ने खतरा बढेकाले सुरक्षित स्थानान्तरण र नियन्त्रणका लागि स्थानीय तह र विपद् व्यवस्थापन समितिसँग समन्वय भइरहेको छ।’ कटान गरेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा १० जना र अस्थायी प्रहरी पोष्ट कोठुका प्रहरी सहायक निरीक्षक आदित्य तिवारीको नेतृत्वमा ३ जनाको प्रहरी टोली परिचालन गरिएको उनले बताए। 

एसपी योगीले सम्भावित हुने विपद्लाई मध्यनजर गरी जिल्लामा २५ जना र इलाका प्रहरी कार्यालय रामपुर, बेल्टार र कटारीका दश जनाका दरले गरी ५५ जना सुरक्षाकर्मी उद्धार सामग्रीसहित तैनाथ अवस्थामा राखिएको बताए। 

वर्षा नरोकिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले तीन वटै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखेको जनाएको छ। अझै पानी केही दिन पर्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेषगरी नदी आसपास र कमसल माटो भएको भिरालो जग्गामा पहिरो जान सक्ने खतरा रहेकाले सुरक्षित भएर बस्न प्रशासनले आग्रह गरेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.