कार्यक्रम छोट्याएर स्वदेश फर्किने तयारीमा प्रधानमन्त्री

कार्यक्रम छोट्याएर स्वदेश फर्किने तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं : अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आफू छिट्टै नेपाल फर्किने तयारीमा रहेको समेत बताएका छन्।

काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने तयारी गरेका हुन्। स्रोतका अनुसार यसअघि असोज १४ गते स्वदेश फर्किने मिति तय भए पनि प्रधानमन्त्री ओलीको केही कार्यक्रम र भेटघाट थपिएका थिए। 

'अमेरिका भ्रमणका दौरान उहाँको केही कार्यक्रम र उच्चस्तरीय भेटघाट थपिएको थियो। तर, नेपालमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीज्यु कार्यक्रम छोट्याएर स्वदेश फर्किने तयारी गर्नुभएको हो,' अन्नपूर्णसँग ती स्रोतले भन्यो।

लगतारको वर्षाले काठमाडौं उपत्यकालगायत देशभरि जनजीवन प्रभावित बनाएको छ। गृह मन्त्रालयका अनुसार हालसम्म ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन्। बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री ओलीले अमेरिकाबाटै सम्बन्धित निकायलाई उद्धारमा खट्न निर्देशन दिएका थिए। 

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई उद्धारमा खटिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याललगायतलाई समन्वय गर्न निर्देशन दिएका थिए। 

उनले आफूले मौसमविद्सँग कुरासमेत गरेको उल्लेख गरेका छन्। 'मौसमविद्सँग केहीबेर अघि बुझेअनुसार वर्षा पूर्णरूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने छ। संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु। विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं,' उनले लेखेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.