हराएको गोरखाको बस झ्याप्लेखोला पहिरोमा भेटियो

हराएको गोरखाको बस झ्याप्लेखोला पहिरोमा भेटियो

गोरखा : गोरखाबाट गत शुक्रबार काठमाडौंका लागि सवार बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोमा भेटिएको यातायात व्यवसायीहरूले बताएका छन् । आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको भाग भेटिएको घटनास्थलमा रहेका आफ्ना साथीलाई उद्धृत गर्दै यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए ।

‘एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा बसका चालक मदन परियारको नंबर देखिएको छ भनेर साथीले खबर गर्नुभएको छ । फोटो पनि पठाइसक्नु भएको छ’, भट्टले भने, ‘गाडीभित्र रहेका मान्छेहरुको बारेमा यसै भन्न सकिएन । अहिले काठमाडौँमा रहेका यातायात व्यवसायी र मजदुर साथीहरु घटनास्थलमा आइसक्नु भएको छ । हामी पनि त्यता जाने तयारी गर्दैछौँ ।’ 

धार्चे गाउँपालिका ७ लापुवेशीबाट गत शुक्रबार काठमाडौँका लागि छुटेको सो बस तीनदिनदेखि सम्पर्कबिहिन थियो । सो बसमा बसका धनी तथा चालक भिमसेनथापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । साथै धार्चेका एकजना यात्रु सुक गुरुङ रहेका थिए । 

‘गोरखाबाट मुग्लिनसम्म चितवनका यात्रुहरु थिए । मुग्लिनबाट चालक दलका तीनजना र एकजना मात्र यात्रु लिएर काठमाडौँतर्फ गएको थियो’, गोरखा दरौँदी यातायात सेवा कम्पनीका अञ्जन खत्रीले भने, ‘बाटोमा अरु यात्रु थपिएको भए केही थाहा भएन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.