जिल्लामा छैनन् सिडीयो

बाढी- पहिरोको कहर : बिपी राजमार्गमा दुई दिनदेखि ५ हजार यात्रु भोकभोकै

बाढी- पहिरोको कहर : बिपी राजमार्गमा दुई दिनदेखि ५ हजार यात्रु भोकभोकै
तस्बिर : अन्नपूर्ण

काभ्रे :तीन दिनदेखि परेको अविरल वर्षा कारण धेरै क्षति भएपनि जिल्लामा उद्धार हुन सकेको छैन। जिल्लामा विपत्  व्यवस्थापनको  बैठक बस्न सकिरहेको छैन । दुई महिना देखि काभ्रेका सिडीयो सूर्य सेडाई बिदामा छन् ।

उनी बिदामा हुँदा गृह मन्त्रालयले अर्को सिडीयो पठाएको छैन । विपत्मा मुख्य निर्णय गर्ने व्यक्ति नभएपछि काभ्रेमा अहिले बिपी राजमार्गमा फसेका करिब ५ हजार यात्रुहरू बेहालमा छन् । बिपी राजमार्गमा फसेका यात्रुहरू दुई दिन देखि भोकभोकै बस्नु परेको उनीहरूको गुनासो छ ।

 बिपी राजमार्गको नेपालथोकदेखि कटुन्जेसम्म ठाउँठाउँमा बाढी र पहिरोले राजमार्ग बगाएको छ।  राजमार्ग बगाए पछि आवतजवात गर्न सक्ने अवस्था नरहेको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामाले जानकारी दिए । ठाउँ ठाउँमा धेरै सडक पहिरोले लगेपछि यात्रुलाई हिँड्न सक्ने अवस्था नरहेको लामाले बताए । 

मंगलटार ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक कृष्ण गिरीले बिपी राजमार्गमा रोशी गाउँपालिका भित्र मात्र करिब ५ हजार यात्रु फसेको जानकारी दिए । प्रहरीले बाटो नै टुटेको कारण यात्रुहरूलाई उद्धार गर्न कठिन भएको गिरीले बताए ।

 धेरै यात्रुहरू भोकभोकै जाग्राम बसेर उद्धारको लागि अपिल गरिरहेको प्रहरी निरीक्षक गिरीले बताए । शनिबार बेलुका धुलिखेलबाट उडेका हेलिकोप्टर समेत बस्ने ठाउँ नभएर फर्किनु परेको गिरीले जानकारी दिए । बिपी राजमार्गको नेपालथोक, मंगलटार, नार्के, कटुन्जेमा यात्रुहरू अलपत्रमा परेका छन् ।

उनीहरू दुई दिनदेखि उद्धारको पर्खाईमा रहेको सप्तरीबाट काठमाडौं आउँदै गरेकी अर्चाना पोखरेलले बताइन् । एउटा स्कुलमा दुई हजार बढि पीडित बस्नु परेको र उद्धारका लागि कुनै निकाय सम्पर्कमा नआएको उनले बताइन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.