सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। आइतबार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरी सर्वदलीय बैठक बोलाइएको कार्यवहाक प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अविरल वर्षापछिको बाढी-पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान भएको हो। सरकारले सर्वदलीय बैठक आह्लान गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अविरल वर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल  गर्न बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । 

 कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए। राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ । 

 वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी-पहिरोमा परी हालसम्म १०४ जनाले ज्यान गुमाएका छन् भने ६४ जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परी ७३ जना घाइते भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.