बाढी -पहिरो कहर

बेपत्ताको खोजी, विस्थापितलाई पुन:स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

बेपत्ताको खोजी, विस्थापितलाई पुन:स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 

अध्यक्ष दाहालले आइतबार एक विज्ञप्ति जारी गरी विपद्मा परी एक सय जनाभन्दा बढीको ज्यान गइसकेको,ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका तथा हजारौं नागरिक घरवारविहीन भएका व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । उनले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति आफू र पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

'अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हो,'अध्यक्ष विज्ञप्तिमा भनिएको छ,'अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक,सञ्चार र विद्युत्का पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरूका मुख्य पर्व दसैँतिहार नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।'

आफ्नो पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्ताहरू उद्धार र पुनःस्थापनाको काममा लागिरहेको बताउँदै प्रचण्डले  बेपत्ता नगारिकको खोजी, विस्थापितहरुको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लाग्न समेत निर्देशन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.