राजमार्गमा सवारी जामले सास्ती, राजधानी पुग्नै सकस

राजमार्गमा सवारी जामले सास्ती, राजधानी पुग्नै सकस
सडकमा ढलेको रुख काट्दै सुरक्षाकर्मी। तस्बिर : अन्नपूर्ण

धादिङ : देशको संघीय राजधानी काठमाडौंलाई जोड्ने लाइफलाइन मानिने राजमार्गको आधा दर्जन बढ़ी ठाउँमा सड़क एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण नागढुङ्गा-मलेखु सडक खण्डको नौ ठाउँमा राजमार्ग एक एकतर्फी रूपमा सञ्चालनमा आएको हो।

आज तेस्रो दिन पनि काठमाडौंबाट बाहिरिनेर र भित्रिने क्रममा रहेका सवारीहरू ठाउँठाउँमा जामका कारण यात्रु र चालक सास्ती खेप्न बध्य छन् । धादिङको नौविसे-नागढुङ्गा सडक खण्डअन्तर्गत झ्याप्ले खोला नजिक ठूलो पहिरो झर्दा केही सवारी पुरिएका छन् । 

त्यहाँको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ । अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् । पूर्वपश्चिमबाट संघीय राजधानी आवातजावतको मुख्य लाइफलाइन पृथ्वी राजमार्गमा बाढी तथा पहिरोका कारण सवारी साधनको जामले सधैंजस्तो सास्ती व्यहोर्नु परेको हो । 

 वैकल्पिक मार्गको रूपमा सवारी साधनहरू टोखा, झोर हुँदै नुवाकोट-गल्छि चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेका प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.