बिपी राजमार्गमा फसेका यात्रुलाई हेलिकोप्टरबाट राहत वितरण सुरु
काभ्रे : बिपी राजमार्गमा फसेका यात्रुहरूलाई राहत लिएर नेपाली सेनाको हेलिकोप्टर पुगेका छन् । पहिलो चरणमा बाटोमा फसेकाहरुलाई तत्काललाई खाना बिस्कुट चाउचाउ पानी लगायत लिएर हेलिकोप्टर पुगेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिए ।
राहत लिएर फर्केका हेलिकोप्टरले अशक्त वृद्ध बिरामीलाई प्राथमिकतामा राखेर उद्धार गरिएको गौतमले जानकारी दिए ।
हेलीमार्फत उद्धार भाकाहरूलाई तत्काल अस्पतालमा उपचारका लागि लगिएको गौतमले बताए । बिपी राजमार्ग रोशी गाउँ पालिका खण्डमा करिब ५ हजार यात्रु अलपत्र परेका छन् ।