कार्यसम्पादन समिति बैठक

कांग्रेसले बाढ‍ी-पहिरो पीडितलाई ५० लाख सहयोग गर्ने, दसैंमा चियापान कार्यक्रम नगर्ने

कांग्रेसले बाढ‍ी-पहिरो पीडितलाई ५० लाख सहयोग गर्ने, दसैंमा चियापान कार्यक्रम नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएकाले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको हो ।

बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको र यसका लागि सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्त डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासँग स्थगन गरी सबै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ।  विषम परिस्थितिका कारण हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए।

बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गर्दै सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए । अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.