उदयपुर–भोजपुर सम्पर्क बिच्छेद, झोलुङ्गे पुल बगायो

उदयपुर–भोजपुर सम्पर्क बिच्छेद, झोलुङ्गे पुल बगायो

उदयपुर : सुनकोशीको बाढीले उदयपुर र भोजपुर जोड्ने चुहारको झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ। उदयपुरको चुहारमा रहेको झोलुङ्गे पुलमा शनिबारको अविरल वर्षाले क्षति पुर्याएपछि आवतजावत ठप्प भएको हो। 

तीब्र बहावका कारण झोलुङ्गे पुलको एकातर्फको लठ्ठा चुँडिएर पुलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहरनाथ योगीले बताए। त्यसैगरी पुलमा बिच्छ्याइएका स्टिलका पातासमेत बगाएको उनले बताए। बाढीले हसनपुरस्थित निर्माणाधीन चुहार पक्की पुलमा समेत क्षति पुर्‍याएको छ।

पुल बगाएपछि सो क्षेत्रबाट भोजपुर आवत–जावतमा अवरुद्ध भएको छ। त्यसैगरी उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित झोलुङ्गेपुलमा पनि क्षति पुर्‍याएको छ। सो पुलको एउटा लठ्ठा चुडाएको स्थानीय युवा मुकेश राइले जानकारी दिए। 

त्यसैगरी शनिबार राती सप्तकोसीको पानिको बहावले कटान भएको उदयपुरको बेलका नगरपालिका –८ कोशी किनारस्थित द रिभर बेलका बीच रिसोर्ट बगाएको छ।

स्थानीय जीवन्त राईले सञ्चालन गरेको सो रिसोर्ट फर्निचर लगायतका सामानहरूसहित बगाउँदा तीस लाख बढीको एसपी योगीले बताए। त्यसैगरी सुनकोशीको बाढीले उदयपुरको चौदण्डी नगरपालिका–१ स्थित बाङ्सिलाघाट बगरमा परिणत भएको छ।

त्यहाँका सातवटा घरमा क्षति पुगेको जनाइएको छ। स्थानीयका पशु चौपायाका खोर गोठ समेत बगाएको जनाइएको छ। चौदण्डी–१ का वडाध्यक्ष सिताराम राईले अधिकांश घरहरुमा ठूलो क्षति भएकाले राहत र उद्धारमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.