उदयपुरको बेलकाका एक दर्जन घर डुबानमा, १२७ जनाको उद्धार

उदयपुरको बेलकाका एक दर्जन घर डुबानमा, १२७ जनाको उद्धार

उदयपुर : उदयपुरको बेलका नगरपालिकातर्फ सप्तकोशीको भंगाले सोझिएपछि एक दर्जन गाउँ डुबानमा परेका छन्। बाढीले बेलका नपा–२ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्ती डुबानमा परेका हुन्। 

शनिबार दिउँसो पश्चिमी किनारामा करिब २५ मिटर तार जाली बाँध कटान गरी सप्तकोसीको बाढी बेलकातिर प्रवेश गरेसँगै बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहरनाथ योगीले बताए। nullत्यसैगरी बेलका–३ को एकता टोल र एबीसी टप्पुतर्फसमेत बाढी पसेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रबाट १२७ जनालाई शनिबार साँझ सुरक्षित स्थानमा सारेको जनाएको छ। इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले ३६ घर धुरीका पुरुष ३१, महिला ७५ र बालबालिका २१ जनालाई उद्धार गरेको एसपी योगीले बताए।

डुबान प्रभावित क्षेत्रमा अहिलेपनि कोशीको बाढी बगिरहेको छ। बाढीका कारण जनजीवन प्रभावित भएको बेलका नगरपालिकाका उपमेयर जिरा राईले बताइन्। सप्तकोसी चतरा जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा अझैपनि माथि रहेको जनाइएको छ।nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.