झ्याप्ले खोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचवटा शव भेटियो

झ्याप्ले खोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचवटा शव भेटियो
झ्याप्लेखोला पहिरोमा सवारी साधन तथा शवको खोजी गर्दै सुरक्षाकर्मी । तस्बिर : सशस्त्र प्रहरी

गोरखा : झ्याप्ले खोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचजनाको शव भेटिएको छ । चालक दलका तीन र दुई यात्रुको शव भेटिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिए । 

आइतबार उद्धारका क्रममा बसभित्र ना ४ ख २२७० नम्बरको बस र सोका धनी तथा चालक मदन परियारको शव पहिचान भएको हो । उनी भिमसेन थापा गाउँपालिका -४ धावाका हुन् ।

साथै चालक दलक धावा निवासी विनय भट्टराई र फुजेलका नवराज तिवारीको शव फेला परेको खत्रीले बताए । दुईजना यात्रुमध्ये एकजना धार्चे गाउँपालिका- ७ खानीगाउँका २७ वर्षीय सुकबहादुर गुरुङ रहेको त्यहाँका वडाअध्यक्ष राकेश गुरुङले पुष्टि गरेका छन् । 

अर्का यात्रु सुकबहादुरकै सम्पर्कमा मुग्लिनबाट सो बसमा चढेका थिए । उनको पहिचान नखुलेको उनले बताए । गत शुक्रबार धार्चे ७ लापुवेशीबाट काठमाडौंका लागि छुटेको सो बस आइतबारसम्म सम्पर्कबिहीन थियो । झ्याप्ले खोला पहिरोमा धेरै सवारी साधन पुरिएकाले खोजीका क्रममा सो बस र उनीहरू भेटिएका हुन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.