पोखरिया अस्पतालको सेवा विस्तार गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

पोखरिया अस्पतालको सेवा विस्तार गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

वीरगन्ज : पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नतिका साथै सरकारी कार्यालयको सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि पोखरिया अस्पतालमा धर्ना दिएको छ। राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरूले आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्। 

प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशिक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यस अनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएपछि त्यसैको माग गर्दै आफूहरूले अनिश्चितकालीन धर्ना सुरु गरेको केन्द्रीय सदस्य समानीले बताए। यसका साथै पोखरियामा भूमि सुधार, मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने मागपनि आफूहरूको रहेको उनले बताए। 

साथै पोखरिया नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी र जनप्रतिनिधिहरूले गरिरहेको अनियमितता रोकिनुपर्ने मागपनि राखेर आफूहरू धर्नामा बसेको समानीले बताए। 

आफूहरूको माग बारेमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि  कुनै सुनुवाइ नगरिएपछि बाध्य भएर धर्नामा बस्नु परेको उनको भनाइ छ। 

आफूहरूको आन्दोलन तीनै तहको  सरकारका विरुद्ध रहेको अर्का केन्द्रीय सदस्य राजेश साहले बताए। उनले भने, ‘प्रदेश सरकारले पोखरिया अस्पताललाई ५ वर्ष पहिले नै प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति निर्णय गरिदियो। तर अस्पतालमा त्यस अनुरूपको भौतिक पूर्वाधार छ। न जनशक्ति नै छ। एउटा सिटामोलका लागि बिरामीहरू निजी क्लिनिकमा जानुपर्ने बाध्यता छ।’

पोखरियालाई पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनिए पनि यहाँ नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी कार्यालय एउटा पनि नभएको उनले बताए। नगरपालिकाले पनि नागरिकलाई सेवा सुविधा दिनुभन्दा अनेक बहानामा करको भारी थोपर्दै आएको उनको गुनासो छ। 

   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.