पाथीभरा केबलकार ताप्लेजुङको समृद्धिमा कोसेढुंगा : अध्यक्ष ढकाल

पाथीभरा केबलकार ताप्लेजुङको समृद्धिमा कोसेढुंगा : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केबलकार कोसेढुंगा सावित हुने बताएका छन्। 

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे। 

उनले पाथीभरा केबलकारमा स्थानीयहरूलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताएका छन्। संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए। 

उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरिरहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए। 

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्न सके मात्रै पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने धारणा राखे। उनले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि काम गरिरहेको बताए। उनले स्थानीयलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए। उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए। 

पाथीभरा केबलकार निर्माणका लागि सबै प्रक्रिया पूरा भएको भन्दै उनले केबलकार निर्माण गर्ने काम सुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको बताए। पाथीभरा केबकार आयोजना आईएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको उनले बताए। 

अध्यक्ष ढकालले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यावसायिक गतिविधि र राजस्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन सुरुवात गरेको बताए। उनले भने, ‘पाथीभरा केबलकार बनाउँदा स्थानीयलाई के गर्नुपर्छ। त्यो गर्न तयार छौं। स्थानीय मानिसहरूलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्‍यो। केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरूलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.