बैंकमा एक जनाले कति साट्न पाइन्छ सुकिला नोट ?


काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोट साट्न सुरु गरेको छ। राष्ट्र बैंकले बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको छ ।

नयाँ नोट साट्न यसअघि सर्वसाधारणको घुईचो लाग्ने गरेपछि सुकिला नोट साट्नका लागि भने कमैमात्रै सार्वसाधारण राष्ट्र बैंक पुगेका थिए ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए। रु ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने उनको भनाई छ।

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएपनि यस वर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्ने व्यवस्था गरेको हो।हरेक बर्ष नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समस्याका साथै खर्च समेत धेरै भएकाले सुकिला नोट साट्ने व्यवस्था गरिएको बैंकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.