झ्याप्ले खोलामा पहिरो : ३५ जनाको शव निकालियो, खोज तथा उद्धार जारी (तस्बिर)
काठमाडौं : धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा कम्तिमा ३५ जनाको ज्यान गएको छ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याइएको छ। पुरिएका सवारीसाधन टुक्रा टुक्रा भएको अवस्थामा छन्। गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसलाई पहिरोले पुरेको पुष्टि भएको छ भने चितवनको पुलचोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस पनि पहिरोले पुगेको छ।
त्यस्तै अन्य सवारीसाधन पनि पहिरोको चपेटमा परेका छन्। उद्धार कार्यलाई तीव्रताका साथ अघि बढाइएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
उनले अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गबाट काठमाडौं पठाइएको र सडक छिट्टै सूचारु गर्ने गरि काम भइरहेको जानकारी दिए। सो स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ।