सिन्धुली–नेपालथोक खण्डमा अवरुद्ध बिपी राजमार्ग खुल्यो, यात्रुको हेलिकोप्टरबाट उद्दारको तयारी

सिन्धुली–नेपालथोक खण्डमा अवरुद्ध बिपी राजमार्ग खुल्यो, यात्रुको हेलिकोप्टरबाट उद्दारको तयारी

सिन्धुली : बिहीबारबाट बाढी र पहिरोका कारण पूर्णरुपमा अवरुद्ध बनेपा–सिन्धुली–बर्दिबास (बिपी) राजमार्गको सिन्धुली –नेपाल थोक खण्ड सुचारु भएको छ । उक्त राजमार्गअन्तरगत सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री, दुम्जालगायतका स्थानमा बाढीका कारण क्षति भएको राजमार्गमा नेपाली सेना,स्थानीय पालिका, यातायात कार्यालय, प्रहरी तथा स्थानीयको पहलमा अस्थायी निर्माण गरिएपछि सुचारु भएको हो । 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार ठाउँठाउँमा अवरुद्ध राजमार्गको अवरोध हटाउँदै सिन्धुलीदेखि नेपालथोकसम्म यातायात सञ्चालन गर्ने अवस्था आएको छ ।  राजमार्ग अवरुद्ध हुँदा तीनदिनदेखि बीच बाटोमै फसेका यात्रुहरूलाई सिन्धुलीतर्फ फर्काउन सहज हुने उनको भनाइ छ । 

‘अवरुद्ध स्थानहरमा अस्थायी मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी भने पनि यातायातका साधन सञ्चालन गर्न सकिने बनाएका छौं । अब बीच बाटोमा अलपत्र यात्रु र सवारी साधनलाई सिन्धुलीतर्फ फर्काउन, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लागिपरेका छन्,’उनले भने । 

‘पूर्व तथा मध्यतराईबाट  काठमाडौं हिँडेका सयौं सवारी साधनहरू बीच सडकमै अलपत्र पर्दा निक्कै समस्या भएको थियो । उनीहरूलाई काठमाडौंलगायतका गन्तव्यसम्म पुर्‍याउन तत्काल सम्भावना छैन । नेपालथोक–धुलीखेल खण्डमा दर्जनौं स्थानमा अवरुद्ध छ । त्यसैले सिन्धुलीतर्फ फर्काउन थालिएको हो,’उनले थपे । 

सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपाल थोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौं स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षति पु्र्‍याएको थियो ।

 ‘नेपालथोकसम्म राजमार्ग सुचारु गर्ने अवस्था आएपनि अन्य स्थानमा सडक डाइभर्सन गर्न अझै केही दिन लाग्ने छ । त्यसका लागि पनि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको छ ,’ काफ्लेले भने ।

 नेपालथोक र मंगलटार बीचका यात्रुहरूलाई भने हेलिकोप्टर मार्फत् उद्दार गर्ने तयारी गरिएको छ ।  सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू समेत बीच सडकै फसेका छन् । ति एम्बुलेन्सका दुईजना बिरामीको मृत्यु भइसकेको छ ।

 अन्य यात्रुहरसमेत खान र बस्नको समस्या छ । सडकमा अलपत्र परेका यात्रुहरूलाई नेपाली सेना,सुनकोसी गाउँपालिकाले खाद्यान्न, पानीलगायतका राहत वितरण समेत गर्दै आएको छ । नेपालथोकदेखि धुलीखेलसम्म तत्काल राजमार्ग सुचारु गर्न कठिन भएपछि हेलिकोप्टरबाट उद्धार गर्न गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको छ । 

यस्तै जिल्लाका मध्येपहाडि लोकमार्गका दर्जनौं स्थानमा पहिरो गएपछि अवरुद्ध नै छ । मदन भण्डारी राजमार्ग भने अहिले सञ्चालनमा आएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.