बाढी-पहिरोबाट काभ्रेमा ३१ जनाको मृत्यु, १९ बेपत्ता

बाढी-पहिरोबाट काभ्रेमा ३१ जनाको मृत्यु, १९ बेपत्ता

काभ्रे : काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार काभ्रेको तेमाल, रोशी, पनौती, बनेपा लगायतका विभिन्न स्थानहरुमा बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको हो।

बाढी पहिरोमा परेर १९ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ। घाइते ४२ जनाको उद्धारपछि उपचार भइरहेको प्रहरी निरीक्षक कुँवरको भनाइ छ।

बीपी राजमार्ग र अन्य स्थानहरूबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बेलुकासम्म १३७ जनाको उद्धार गरेर गन्तव्यसम्म जाने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। नेपाली सेनाको हेलिकोप्टरले बीपी राजमार्गबाट १२२ जना, पनौतीबाट ४ जना, तेमाल गाउँपालिकाबाट ८ जना, चौरीदेउराली दोललघाटबाट ३ जनाको उद्धार गरेर धुलिखेल ल्याएको कालिजंग गण धुलिखेलका कर्णेल प्रकाश बहादुरसिंहले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानहरूबाट नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार कार्यमा जोड दिएको कर्णेल सिंहले बताए। उद्धार आइतबार बिहानदेखि बेलुकासम्म जारी थियो। nullबीपी राजमार्गमा तीन दिनदेखि ५ हजारभन्दा बढी संख्यामा यात्रु अलपत्र परेका थिए। बीपी राजमार्गको रोशी गाउँपालिकाखण्ड नेपालथोक, माम्तीबेसी, डम्फु पार्क, मंगलटार, नार्के, कटुन्जे र चौकी डाँडा क्षेत्रमा सडक नै टुटेको अवस्थामा पुगेका छन्।

बीपी राजमार्ग ठाउँ–ठाउँमा टुटे पछि मान्छे हिँड्न सक्ने समेत अवस्था नभएकाले धेरै यात्रु अलपत्र रहेका र केहीलाई उद्धार गरेर धुलिखेल पठाएको मंगलटार प्रहरी चौकी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.