आन्तरिक उडानमा भाडा घटाउन वायुसेवा कम्पनीहरू सहमत

आन्तरिक उडानमा भाडा घटाउन वायुसेवा कम्पनीहरू सहमत
फाइल तस्बिर

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन्। 

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठकपछि हवाई कम्पनीहरूको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन्। 

देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ। 

विपद्का बेला राजमार्गहरु बन्द भएको र यात्रुहरू अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट बिक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासोपछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.