मुलकोट र खुर्कोट बगरमा परिणत

मुलकोट र खुर्कोट बगरमा परिणत

सिन्धुली : लगातारको वर्षासँगै रोशी र सुनकोशी नदीमा आएको बाढीले वितण्डा मच्चाउँदा जिल्लाकै सुन्दर पर्यटकीय क्षेत्र मुलकोट र खुर्कोट बगरमा परिणत भएको छ।

 
मुलकोट र खुर्कोट बजार पूर्णरूपमा डुबानमा पर्दा दर्जनौं घरहरू खण्डहर भएका हुन्। सुन्दर बस्तीहरू बगरमा परिणत भएका छन्। 
आइतबार नदीमा आएको बाढीको बहाब कम हुँदै गएको छ। नदी आफ्नै लयमा फर्किदै गए पनि डुबान र कटानका कारण बजार तथा बस्तीहरू बगरजस्तै बनेका छन्। 

सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोशी गाउँपालिका-५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा र गोलन्जोर गाउँपालिका-७ को खुर्कोट बाजर पूरै डुबानपछि अहिले बगरमा परिणत भएको हो। बिहीबारदेखि लगातार परेको वर्षाका कारण सुनकोसी गाउँपालिका-५ मुलकोटमा पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरु डुबानमा परेको स्थानीय मनोज श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार शुक्रबार मध्यराति सुनकोसी नदी बस्तीमा पसेको थियो। बस्तीमा नदी पस्ने भएका कारण रातभर जाग्राम बसेका स्थानीयले भागेर ज्यान जोगाउन सफल भए पनि होटल, पसल तथा घरका कुनै पनि सामान झिक्न पाएका छैनन्। 

बाढीका कारण करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका होटल तथा रिसोर्टमा क्षति पुगेको छ। होटलमा बसेकाहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको भए पनि होटल तथा पसलहरूमा भएका सरसामान केही निकाल्न नपाएको उनीहरूको भनाइ छ। मूलकोटमा मात्र ६० बढी घरहरू डुबानमा परेका छन्। 
क्वालिटीबीच रिसोर्ट, पौवा होटल तथा रिसोर्ट लगायत पूर्णरूपमा डुबानमा परेका थिए। सुन्दर सफल मुलकोट अहिले हिलो, लेदो र बगरमा परिणत भएको छ। यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन निक्कै कठिन हुने बताइएको छ। 


त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट बसपार्क बजार सुनकोसी नदीको डुबानमा पर्दा अहिले बगरजस्तै भएको छ। सय बढी होटल तथा पसलहरू नष्ट भएका छन्। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन क्याम्पमा पनि क्षति पुगेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले बताए। ‘बाढीका कारण सयौं नागरिकहरू विस्थापित बन्नु परेको छ। बाढीका कारण दुई सयबढी घर, होटल तथा रिसोर्टलगायत सार्वजनिक भवनहरू जोखिममा परेका छन्,’ उनले थपे।

nullnullnullnullnullnullnullnull
 
सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोसी नदीस्थित सिन्धुली र रामेछाप जिल्ला जोड्ने पक्की पुलसमेत शनिबार दिउँसो बगाएको छ। केही वर्षअघिमात्र निर्माण सम्पन्न पक्की पुल बगाउँदा सिन्धुली र रामेछाप जिल्ला सम्पर्क विछेद भएका छन्। उक्त पुलमा क्षति हुँदा सिन्धुली हुँदै रामेछाप र दोलखाबाट तराईका जिल्ला र राजधानी आउजाउ ठप्प भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेको भनाइ छ। 
बाढीका कारण घर तथा होटलहरु प्रभावित हुँदा विस्थापित भएकाहरु घर फर्कन सक्ने अवस्था छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.