शान्ति चोकमा आगोले एक घर जल्यो

शान्ति चोकमा आगोले एक घर जल्यो
फाइल तस्बिर।

विराटनगर : मोरङको रंगेली नगरपालिका–९ शान्ति चोकमा आइतबार साँझ आगलागी हुँदा एउटा घर जलेको छ। प्रहरीका अनुसार साँझ ६:४५ बजेतिर लागेको आगोले मुकुन्दप्रसाद कोइरालाको अढाई तले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद, महत्वपूर्ण कागजात सबै जलेर ध्वस्त भएको हो। 

आगलागीको कारण खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 
 

घटनामा १५ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ। प्रहरीले आगलागीको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.