बाढीले मधेशमा ३ जनाको मृत्यु, ४ बेपत्ता

बाढीले मधेशमा ३ जनाको मृत्यु, ४ बेपत्ता

महोत्तरी : वर्षासँगै आएको बाढीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु र ४ जना बेपत्ता छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी सुभाष बोहराका अनुसार महोत्तरी गौशाला नगरपालिका ८ का १६ वर्षीय रोहित साह, बर्दिवास नगरपालिका- ११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङ र सप्तरी बलान बिहुल गाँउपालिका- ४ घर भई राजविराजमा बस्दै आएको ८ वर्षीय प्रिन्सकुमार साहको मृत्यु भएको हो। 

यसैगरी सर्लाहीको बागमती नगरपालिका– ९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन्। ८ वटै जिल्लामध्ये रौतहटमा ३, सिरहामा १, सर्लाहीमा १ र बारामा ३ जना घाइते हुँदा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया परियार रहेका छन्।

मधेश प्रदेशमा ९६ घरका परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ।

मधेस सरकारद्वारा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक/एक करोड आपत्कालिन रकम विनियोजन गर्ने निर्णय गरेको छ। मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो। 

आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए। उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए। मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.