पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीनजना विद्यार्थीको शव हेटौंडा ल्याइयो

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीनजना विद्यार्थीको शव हेटौंडा ल्याइयो
तस्बिर : अन्नपूर्ण

हेटौंडा : गत शनिबार पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये ३ जनाको शव हेटौंडा ल्याइएको छ।सोमबार बिहान हेलिकोप्टरबाट  मकवानपुरका साइमन योन्जन,अनुप घलान र बाराका विकल रेग्मीको  शव हेटौंडा ल्याइएको हो । 

हेटौंडा ल्याइएको तीनाजनाको शव जिल्ला खेलकुद समिति मकवानपुरले नगर परिक्रमा गराएर  हेटौंडा  उपमहानगरपालिका-४ मा रहेको  हुप्रा चौरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। श्रद्धाञ्जली सभामा प्रदेश सरकारका मन्त्रीहरू,खेलाडीहरू,विभिन्न राजनीतिक दलका नेताहरूलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा राखेको युथ–१४ क्याम्पका ६ जना खेलाडीको गत शनिबार पहिरोमा परि मृत्यु भएको थियो । जसमध्ये ३ जना विद्यार्थी मकवानपुरका थिए  ।  अन्य ३ जना  विद्यार्थी काठमाडौंका रियान्स आचार्य,मकवानपुरका दिवस बानियाँ ,सर्लाहीका आदित्य बलम्पाकी  रहेको  थिए  ।

 गत बिहीबारदेखि अविरल परेको वर्षाका कारण सिस्नेरी खोलामा बाढी आएपछि विद्यार्थीहरू सुरक्षित स्थानतर्फ जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिद ६ जना विद्यार्थीको मृत्यु भएको थियो । एकेडेमीमा कुल ४० विद्यार्थी अध्ययनरत थिए । एन्फाले गत वर्षदेखि उक्त स्थानमा श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गरी विद्यार्थीलाई नियमित अध्ययनका साथै फुटबल प्रशिक्षण दिँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.