खोलाले बगाउँदा बेपत्ता भएका चौधरी तीन दिनपछि मृत भेटिए

खोलाले बगाउँदा बेपत्ता भएका चौधरी तीन दिनपछि मृत भेटिए

झापा : माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ का मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत भेटिएका छन् । उनको शव तीन दिनपछि घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा सोमबार बिहान साढे ८ बजे उनको शव फेला परेको थियो । शुक्रबार साँझ ७ बजे कमल– १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपत्ता भएका थिए । झापामा बेपत्ता भएका तीनै जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । 

जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवल गाउँपालिकाकी १५ वर्षीया बालिका नेहारिका राजवंशी आइतबार मृत भेटिएकी थिइन् भने गौरीगञ्ज गाउँपालिका २ बगहाचौधरीस्थित किस्ने खोलाको पुलबाट हाम फालेका केमालाल ताजुरियाको शव शनिबार साँझ भेटिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.