गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक
तस्बिर : अन्नपूर्ण

काठमाडौं : गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृहमन्त्री लेखकले बाढी, पहिरोसहितका प्राकृतिक विपतमा परेका नागरिकहरूको राहत, उद्दार तथा सहायता प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।

बैठक सोमबार दिउँसो २ बजे सिंदहरबारस्थित गृहमन्त्रालयमा बस्नेछ। 

बाढी पहिरोमा परी हालसम्म १९३ जनाले ज्यान गुमाएका छन् । ३१ बेपत्ता छन् भने ९६ जना घाइते भएका छन्। हवाई उद्दारबाट २९४ जनाको सकुशल उद्दार गरिएको छ।

आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्दारका लागि हेलिकोप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन्।

खोज, उद्दार तथा राहत कार्यलाई तिव्रता दिने,अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने,अवरुद्ध सडक मर्मत गरी आवागमन सुचारु गर्न सबै सरोकारवाला मन्त्रालय एंव निकायसित समन्वय गरी अघि बढ्ने, विपद्मा परी घाइते भएका नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचार लगायतका काम प्रभावकारी बनाउँदै लैजाने गृह मन्त्रालयको जनाएको छ।

यसैगरी सरकारले अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने भएको छ।  बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले विपदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र लाभग्राही पहिचान गर्ने निर्णय गरेको हो।

लाभग्राही पहिचान भएको  ३ दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड,२०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने सरकारको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.