चिसापानीबाट ४८ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा

चिसापानीबाट ४८ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा
तस्बिर : अन्नपूर्ण

परासी : नवलपरासीको बर्दघाटस्थित चिसापानीबाट सशस्त्र प्रहरीले ४८ लाख बराबरको अवैध सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ। चिनीको बिल बनाएर मोबाइललगायत अन्य सामान लैजाँदै गरेको अवस्थामा सोमबार ट्रकसहित सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिए । 

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकबाट उक्त सामान बरामद गरिएको हो । बरामद सामानमा ३० लाख बराबरको ३० हजार केजी चिनी रहेको छ । ५० केजीका ६ सयवटा बोरामा राखेर चिनी लैजाँदै गरिएको थियो ।

त्यसैगरी १६ लाख बढीको १६ हजार १६० वटा मोबाइलको टेम्पर ग्लास,१ लाख बढीको ९५० वटा मोबाइल कभर र १ लाख बढीका विभिन्न काँचका भाडाकुँडा बरामद गरिएको छ । चिनीबाहेक अन्य सामानको बिल बिजक नभएका कारण ति सबै सामान अवैध भएकाले आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको एसपी वाग्लेले बताए । 

बरामद सामानबाहेक अवैध सामान ओसारपसारमा संलग्न ट्रकको ३५ लाख मूल्य राखेर चालक र सहचालकलाई समेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.