शिवपुरीमा माइक्रोबस दुर्घटना : घाइतेहरूको काठमाडौंमा उपचार हुँदै

शिवपुरीमा माइक्रोबस दुर्घटना : घाइतेहरूको काठमाडौंमा उपचार हुँदै
तस्बिर : अन्नपूर्ण

नुवाकोट : शिवपुरीमा माइक्रोबस दुर्घटनाका घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ। सोमबार बिहान काठमाडौंबाट नुवाकोटहुँदै पोखरा जाँदै गरेको  ग १ ख ४५३५ नम्बरको माइक्रो बस शिवपुरीको भीरबाट खस्दा चालकसहित १२ जना घाइते भएका हुन्।  घाइतेहरूको काठमाडौंको ग्रिनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइतेमध्ये दुईजना गम्भीर छन्। काठमाडौं टोखा–छहरे–गंगटे सडकखण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका-७ अदुवारवारी घुम्तीमा माइक्रोबस सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.