सेयर बजारमा ४४ अंकको सुधार, कारोबार ३ अर्बमा झर्‍यो

सेयर बजारमा ४४ अंकको सुधार, कारोबार ३ अर्बमा झर्‍यो

काठमाडौं : नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.४४ प्रतिशतले बढेर ४५१.३४ विन्दुमा अडिएको छ। यसदिन ३१९ स्क्रिप्सको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर ३ अर्ब ७१ करोड  ५३ लाख  ५९ हजार  ९३५ रुपैयाँमा खरिदबिक्री भए।

उच्च अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सीईडिबी हाइड्रोपावर डेभलपमेन्टको सेयर १० प्रतिशतले बढ्यो। 

यसैगरी कुमारी सबल योजनाको ९.९८, युनाइटेड मोदी हाइड्रोपावरको ९.५८,सर्वोत्तम सिमेन्टको ९.४७ र सोनापुर मिनरल्सको ९.११ प्रतिशतले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा सीईडिबी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ६९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख मूल्य बराबरको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको १५ करोड,नेपाल फाइनान्सको १३ करोड र हिमालयन रिइन्स्योरेन्सको ८ करोड ७६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.१९ प्रतिशतले बढ्यो।कारोबारमा आएका २१० स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो भने १ स्टक्सको मूल्य स्थिर रह्यो।

 


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.