सवारी साधन उपत्यका बाहिर पठाउने तयारी

अवरुद्ध सडक खुल्यो : डेढ हजार बढी सवारीसाधन काठमाडौं भित्रिए

अवरुद्ध सडक खुल्यो : डेढ हजार बढी सवारीसाधन काठमाडौं भित्रिए
फाइल तस्बिर।

काठमाडौं : पृथ्वी राजमार्गअन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले बताए।
'आजबाट उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरनेछन्,' उनले भने,'मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।'

त्यसैगरी सोमबार दिउँसो गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको थियो। बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार,राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।

'आज साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्दार भइसक्छ ,' प्रवक्ता तिवारीले भने,'अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्दार निरन्तर गरिरहेको छ ।'

प्रवक्ता तिवारीले मौसम पूर्णरुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अप्नाउनुपर्नेमा जोड दिए। 'विस्तारै सडक खुल्ने र खुलाउने क्रममा छ,'उनले भने,'अझै पहिरो लगायत जोखिम टरिसकेको छैन् ।'

अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको छ । रोशीलगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै घाइतेहरूको उद्दार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.