नवलपरासी अदालतमा लेनदेनका मुद्दा बढे

नवलपरासी अदालतमा लेनदेनका मुद्दा बढे

परासी : नवलपरासी जिल्ला अदालतमा सबैभन्दा बढी लेनदेनका मुद्दा दर्ता हुने गरेका छन्। आर्थिक वर्ष २०८०/०८१ मा अदालतमा रहेका कुल ३ हजार ९५४ मुद्दामा लेनदेनका ६७० वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार जानकी रमण यादवले बताए। 

दर्ता भएका लेनदेनका मुद्दामा ४६० वटा फर्छ्यौट भएका छन्। लेनदेनमा दृष्टिबन्धक, कपाली तमसुक, बैंक भौचरबाट जम्मा भएको रकम, चेक कारोबार (चेक बाउन्स नगरिएको तर, अर्धकट्टीमा चेक लैजाने व्यक्तिले सही गरेको छ ), बही खाता (कुनै पसलबाट उधारोमा सामान लगेको भनि उपभोक्ताले खातामा सही गरेको) लगायतका आर्थिक कारोबार पर्छन्। 

लेनदेनपछि बढी दर्ता हुने मुद्दामा सम्बन्ध विच्छेद छ। तेस्रोमा चेक अनादरका मुद्दा छन्। गत आवमा ४२९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३५८ फर्छ्यौट भएका छन्। चेक अनादरका ४०४ मा २६१ मुद्दा फर्छ्यौट भएको श्रेस्तेदार यादवले बताए। 

गत आवमा अदालतमा रहेका विभिन्न प्रकृतिका कुल मुद्दामा ६० दशमलव ५७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतले जनाएको छ। चालु आवमा अदालतले ४ हजार २८ मुद्दा दर्ता हुने लक्ष्य राखेको छ। जसमा चालू वर्षको असोज महिनाको हालसम्म २ हजार २८ मुद्दा दर्ता भएका छन्। चालू आवमा अदालतले ६६ दशमलव ३ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको श्रेस्तेदार यादवले बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.